दफा ५७९
नासो लिएको वस्तु फिर्ता गर्नु पर्नेः

(१) नासो लेनदेन गर्दा निर्धारण भएको समय व्यतित भएपछि वा जुन उद्देश्यको लागि नासो राखिएको हो त्यस्तो उद्देश्य पूरा भएपछि नासो लिनेले नासो लिएको वस्तु नासो दिनेलाई फिर्ता बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्नु पर्ने समयभित्र वा त्यस्तो समय नतोकिएकोमा त्यस्तो वस्तुको प्रकृति बमोजिम मनासिब समयभित्र वस्तु नासो लिनेले त्यस्तो वस्तु नफर्काएकोमा वा नासो दिनेले त्यस्तो वस्तु नलिएमा त्यस्तो मितिभन्दा पछि त्यस्तो वस्तु हराएमा, चोरिएमा, बिगे्रमा, नासिएमा, घटेमा वा त्यस्तो वस्तुको कारणबाट नासो दिनेलाई कुनै हानि, नोक्सानी भएमा जसको कारणबाट हानि, नोक्सानी भएको हो सोही व्यक्तिले त्यस्तो हानि, नोक्सानी व्यहोर्नु पर्नेछ ।
(३) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक एकभन्दा बढी व्यक्तिहरूको स्वामित्वमा रहेको वस्तुका सम्बन्धमा त्यसका धनीहरूमध्ये कसैलाई वा निजहरूले अह्राएको व्यक्तिलाई नासो राखिएको वस्तु बुझाउन सकिनेछ र त्यसरी बुझाइएकोमा रीतपूर्वक वस्तु बुझाइएको मानिनेछ ।
(४) नासो लिनेले नासो लिएको वस्तु करारका शर्त बमोजिम नराखेमा नासो दिनेले त्यस्तो नासो कुनै पनि बखत फिर्ता लिन सक्नेछ ।
(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो राखिएको वस्तुबाट बढे बढाएको वा आर्जन भएको वस्तु समेत नासो दिने व्यक्तिको हुनेछ ।